हाइकु कसरी लेख्ने ?

~रामकुमार पाँडे~

हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा कवितालाई पनि सानोमा संसार अटाउने अणुजस्तै विचारको बीउ सिर्जना गरेर हाइकू कवितामा पिपलको बीउजस्तै उनीहरू सानोमा विशाल वृक्ष बन्ने शक्ति भर्छन् साहित्यमा । हेर्दा सानो भए पनि यो महाकाव्य हो । सानो भित्र महाकाव्य सिर्जना गर्नु महान् कविका लागि पनि एउटा हाँक भएको छ । यही चुनौतीको सामना गर्न आजका युवाले कम्मर कसेका छन् । आजको व्यस्त समयमा मुखमा पीपी हालेजस्तो, ठूलो दृश्यलाई चरीको दृष्टिमा अटाएर सानोभित्र सम्पूर्णता दिने हाइकू साँचै कविका लागि ठूलो प्राप्ति हो । मन्त्र जस्तै हुनसक्छ हाइकू । एटम बम जत्तिकै शक्तिशाली हुनसक्छ हाइकू पाठक, श्रोताको मुख मुखमा कण्ठस्थ हुनसक्छ र अटोमा लेख्न, महावाणीका रूपमा राख्न अनि बौलदा, खेल्दा हाइकू उदाहरणका रूपमा आउन सक्छन् । यसैले हाइकूको लोकपि्रयता बढ्दै छ र नेपालमा पनि हाइकू जनपि्रय बन्दैछ ।

यति महìवपूर्ण कविता कसरी लेख्ने ? हाइकू हेर्दा तुरुन्त लेख्न सकिन्छ जस्तो लाग्छ । हाइकूलाई नबुझी खरखरती लेख्नेहरू पनि छन् तर यसतो हाइकू हाइकू नभई बतासे फूल जस्तै हुन्छन् । हाइकूजस्ता रूप तर खास हाइकू नहुँदा वारीमा चरालाई छकाउने नक्कली मान्छे ‘बुख्याँचा’ बनाए जस्तो हुने हुँदा ती काइते कामलाई ‘काइकू’ भन्ने गरेको छु । फोस्रा धान जस्ता यस्ता छोटा कवितामा ज्यान हुँदैन र ती सक्कली हाइकू हुनसक्दैनन् । सक्कली हाइकू लेख्नका लागि हाइकूको इतिहास, संरचना शास्त्र र नमूना हाइकू पढेर त्यसभित्रको सार बुझ्न पर्छ । यसरी बुझेर लेखिएको हाइकूमा रस रङ दर्शन प्रदर्शन हुन्छ । जिउँदोपनाको धुकधुकी पाइन्छ र त्यसलाई मन्त्रजस्तै जप्न, सम्झन र प्रयोग गर्न मात्र हैन त्यसबाट आत्मीय सुख र मीठो स्वाद लिएर शान्तिको स्वास फेर्न सघाउ पुग्छ ।

हाइकूको जन्म ः

हाइकू जापानी कविताकै टाउके रूप हो । मध्यकाल ताका जापानमा हाइफाइ वा हाइफाइनो रेङ्गा कविता प्रचलित थियो । सन् १६४४-१६९४ वासो कालमा हाइफाइ कविता स्थापित भयो यही कवितालाई मासाओका सिकी -१८६७-१९०२) ले सुधार गरी हाइकू नाम दिए । यसरी हाइफाइबाट हाइकूको जन्म भयो । हाइकू ५-७-५ को १६ अक्षरमा रचना हुने जापानी विशेषतापूर्ण कविता हो । सानो भए पनि सुन्दर, विम्बात्मक भएर नै स्वादिलो हाइकू रचना सजिलोजस्तो लागे पनि सूक्ष्म दृष्टिले हेर्दा हाँकपूर्ण छ । खुबै सोचेर लेख्नु पर्छ । शब्द संयोजन र विम्ब ठिक ठाउँमा रचना भए र संस्कृतिका गहिरा कुरा केलाउन सक्नुपर्छ । यसैले यात्रा गरेर लेखिएको हाइकू उत्कृष्ट बन्न सक्दछ ।

हाइकूको संरचना ः

हाइकू रचना जम्मा ३ हरफमा हुन्छ । पहिलो हरफ ५ अक्षरयुक्त पदावली, दोस्रो ७ अक्षरयुक्त र तेस्रो ५ अक्षरको पदावली चकित पार्ने प्रकारले रचना हुन्छ । हाइकू पहिलो हरफ ५ अक्षरको अर्थपूर्ण संरचना, दोस्रोमा ७ अक्षरमा र तेस्रो पनि ५ अक्षरमा नै रचना गर्नुपर्ने हुन्छ । यसरी हाइकू भन्ने वित्तिकै ५-७-५ अक्षरको जम्मा १७ अक्षर भित्र ३ हरफमा लेखिने कविता भन्ने बुझिन्छ । यो छोटो शैलीको कतिवा हो । मात्रा मिलाएर मात्र हाइकू बन्दैन । हाइकू भित्र रुखको भाषा ‘किगो’ हुनुपर्छ भन्ने जापानी मान्यता छ । जापानी भाषामा ‘क’ भनेको रुख र ‘गो’ भनेको भाषा हो । किगोको अर्थ प्रकृतिको विम्ब दिनुपर्छ भन्ने हो । अर्थात् प्रकृतिको भाषा नबुझी सुन्दर हाइकू सिर्जना हुनसक्दैन । प्रकृतिबाट नै जीवन दर्शन दिन हाइकू अत्यन्त गहिरो सोचाइमा सिर्जना हुन्छ । एउटा राम्रो हाइकूले चिन्तन मनन गर्न मात्र हैन एउटा उज्यालो दिएर आत्मीय सुखशान्तिको भिन्नै दुनियाँ पुर्‍याउँछ । यसैले जापानमा बौद्ध भिक्षुले हाइकूलाई ध्यानको एउटा माध्यम रचना बनाएको पाइन्छ ।

हाइकूको रहस्य ः

हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । यही विम्बले नै कविताको प्राण दिएको हुन्छ । पोखरीमा भ्यागुतो हामफालेको दृश्य खिचेका जापानी हाइकू सुन्दर छ र त विश्वमा परिचित छ ।

पुरानो कुवा ः

भ्यागुतो हाम्फाल्छ

जल आवाज

यो हाइकू जापानका प्रसिद्ध कवि माचुओ वासोले लेखेका हुन् । उनको

फुरुइकेया

कावाजुतो विकोमु

मिजुनो ओतो

जापानी हाइकू विश्व प्रसिद्ध छ । ऋतुसम्बन्ध शब्द विम्बबाट कविताले जीवनलाई प्रकृतिसँग जोड्न निकै सघाएको पाइन्छ ।

हाइकू लेख्दा आˆनै वरिपरिको प्राकृतिक सांस्कृतिक वस्तु, घटना र दृश्यबाट विम्व बटुली जीवन जोडेर प्रभावकारी पार्न सकिन्छ । सूर्यको तातोले फक्रने फूलहरू, प्रकृतिको डुब्दो सूर्य, आरु, स्याउदेखि पुल, बगर, टुसा, जुत्ता हरवस्तु विम्बका रूपमा ल्याई जीवनको गूढ रहस्य उजागर गर्न सकिन्छ ।

केही नमूना हाइकू ः

हाइकू सानो कविता भए पनि शक्तिशाली कविता हो । यसलाई चुट्का जस्तो खदिलो पार्न सकिन्छ । हाइकूको रचना एउटा झिल्को बनाउन सके यसले उज्यालो वत्तीको काम गर्छ ।

साहित्यमा सानो मन्त्रजस्तो प्रभावपूर्ण कविता हाइकू जापानी सौन्दर्य र शान्ति आकाङ्क्षाको महìवपूर्ण अभिव्यक्ति हो । वाम पुड्के वृक्ष बनाउनेदेखि एउटा प्लेटमा पूरा बगैँचा हत्केलामा अटाउने गरी बनाइने ‘बोन साइ’ र सूक्ष्म भू-दृश्य देखाउने ‘बोनकेई’ तथा पत्थर बाग ‘बोन सेकी’ जस्ता सूक्ष्म सिजर्नाले छुट्टै आनन्द प्राप्त हुन्छ । साहित्यमा पनि हाइकू छोटो कवितामा उत्कृष्ट मानिन्छ । हाइकू साथ चित्र भए त्यसलाई ‘हाइगा’ भन्ने गरिन्छ । हाइकू राम्ररी विचार गरी रचना हुने सके प्रभावपूर्ण बन्छ ।

भोक लागेछ

मुख खोल्दै नखोली

के पो खाने हो ।

भँवरा बस्यो

फुलेको कोपिलामा

रस भरियो

तिम्रो मायाले

झपक फूल फुल्यो

आरू फल्छ कि ?

सम्झेको मात्र

आकाश उज्यालो भो

भित्र पस त

नेपालमा पनि राम्रा हाइकूहरू सिर्जना हुँदैछन् । थुप्रै पुस्तक प्रकाशित छन् तर कतिपय रचना सोझा बाक्यलाई भाँचेर, टुक्राएर हाइकू भनिएका पनि छापिएका छन् । धेरै हाइकूमा सम्झन लायक हाइकू थोरै मात्र फेला पर्दछन् । यहाँ स्थापित केही कविका मलाई व्यक्तिगत रूपले मन परेका हाइकू उदाहरण गरेको छु ।

शिरीष फूल

भ्रमर चुम्बनमै

आइली र्झछ

-शङ्कर लामिछाने

सुतेकी सेती

उठेको माछापुच्छ्रे

पाख्रेली स्पर्श

-क्षेत्र प्रताप अधिकारी

प्रभु ! हे प्रभु !

के चाहिन्छ बालक ?

जिब्रो हजुर

-कपिलदेव खनाल

रुखमा वत्ती

मानिसले चाहेमा

के पो फल्दैन ।

-माधवलाल कर्माचार्य

नेपालमा हाइकू भित्र्याउने शङ्कर लामिछाने देखिएका छन् तर उनका मौलिक हाइकू अत्यल्प छ । केही अनुवाद पनि छ । नेपालमा हाइकूको परिचय लगभग आधा शताब्दी नपुगे पनि नयाँ सहस्राब्दिदेखि यो निकै फस्टाएको पाइन्छ । हाइकूका पुस्तक साना ठूलो थुप्रै पाइन्छ तर राम्रो हाइकू भुसको रासमा चामल खोजेजस्तै भएकाले हेरेर हैन मनन गरेर मात्र सहि हाइकूको स्वाद लिन सकिन्छ ।

अब आफै थाल्ने कि ?

हाइकूका बारे आधारभूत कुरा बुझिसकेपछि आˆनै परिवेशका वस्तु, रूपरङ्ग, चलन, घटना, अवस्थाको सार विम्वबाट उतार्न प्रयास गर्नुपर्छ । जस्तै फूलमा भँवरा घुमेको देखेपछि हाइकू यसरी प्रस्तुत हुन सक्छ ?

भँवरा चुम्छ

पत्रहरूको कम्प

फलको आशा

यसमा भँवराले फूलको पराग सिँचन गरेपछि फल लाग्ने प्रकृतिलाई इङ्गित गरेको छ । भँवरा फूलमा बस्नु अघि पखेटाको जोडले फूलका पत्र हलन्छ र पराग साने भँवराको स्पर्शबाट फूलमा फल लाग्छ । हामीले आरुवखडामा जतासुकै यो अवस्था देख्न सक्छौं । जीवनको दर्शन यसमा देखिन्छ ।

यति बुझेपछि आˆनो प्राकृतिक एवं सांस्कृतिक परिवेश हेर्नोस । सूर्य उदाएपछि खुल्ने सूर्यमुखी फूल, चराले घुरेको, गाएको र थुतुनो जोरेको, आँखा जुधेको अवस्था, ताल तलैयामा हाँसले डुबुल्की मारेको, माछा सगबगाएको देखिहाइकूकै अर्को रूप व्यङ्ग्य सेन्यु लेख्नु पर्‍यो भने नेताको फुट्न लागेको भूँडी, शोषकको नियत, राजनीति झगडा, बुद्धिमा बिर्को लागेको राजनीतिक बुद्धिजीवी, खराब प्रवृत्ति, विकृति आदिमा ध्यान जानुपर्छ । व्यङ्ग्यमा यस्तै सरल उदाहरण यस्तो छ ।

रगत चुस्यौ

करङ बाँकी भयो

भरेङ चढ

लेख्नोस्, खुब लेख्नोस र त्यसबाट छानेर छाप्दै जानोस् । तपाईं विशिष्ट हाइकूकार नहुने प्रश्नै आउँदैन । थोरैमा धेरै भन्न सकिने ः एकै क्षणमा पढेर लामो समय गम्न सकिने, एउटा छुट्टै उज्यालो र सुखको अनुभूति हुने हाइकू लेख्न अघि धेरै पढ्नु जति हुन्छ । बुझेर लेखेको हाइकू विशिष्ट बन्न सक्छ । मीठो बन्न सक्छ र अमर बन्न सक्छ ।

(स्रोत : युवामञ्च फागुन, २०६७ )

13 Responses to हाइकु कसरी लेख्ने ?

  1. बद्री पोखरेल 'ठाँटीघरे' says:

    म जस्तो सिकारुलाई तपाईको यो लेखनले मेरो हाइकु लेखन यात्रालाई सहज बनाई दियो ,धन्यबाद !

    • बद्री ज्यू,
      हजुरको अलिकती भए पनि सहयोगी हुन सक्यौं , हर्षित भयौं । अब हजुरको हाइकु चाँडै पढ्न र यहाँ प्रस्तुत गर्न पाउनेछौं भन्ने आशा छ ।

      – आविष्कार
      साहित्य संग्रहालय

  2. shisam pandey says:

    आएको भेट्न
    चौपारीमा बसेर
    कुरा गरौला

    • शिशम ज्यू ,

      निकै राम्रो हाइकु राख्नु भो। अरु पनि तपाईंका रचना माथि “नयाँ रचना पठाउनुहोस्’ को मध्यम बाट य kritisangraha@gmail को माध्यमबाट हामीलाई पठाउनु भए संग्रहालयमा पस्किन सजिलो हुन्थ्यो ।

      आविष्कार
      साहित्य संग्रहालय

  3. Gopal kunwar says:

    म सधै त्वितर मा पढ्,थे अनि भन्थे के रहेछ यो हाइकु भन्या भन्थे । । ।सुन्दा शब्द नै पहिलो पतक सुन्या जस्तो लाग्थेयो । । ।अब बल्ल थाह पाए के रहेछ हाइकु भनेर । । ।यो सब जान्न सघाउ पुर्याउनु भएकोमा धेरै धेरै धन्यबाद । । । । ।म छित्तै हाइकु रचना गरी पोस्ट गर्नेछु । । । ।र एउटा कुरा मैले कमेन्ट गर्दा वेब साइत पनि समाबेस गर्नु पर्ने हो । मलाई यो वेब साइत कसरी बनाउने आइदिया भएन । हजुरको सहयोगको अपेक्छया गर्दछु ।

    • गोपाल ज्यू,

      तपाईंलाई एवम् समस्त साहित्यप्रेमीलाई सहयोगार्थ नै साहित्य संग्रहालयले “कसरी लेख्ने” भन्ने लेख एक्कै ठाउँमा राखेको हो । अनी टिप्पणी छोड्दा “इमेल (आवश्यक)” र “नाम (आवश्यक)” लेखेका खाली ठाउँ मात्र भर्नु भए पुग्छ । अरु खाली नै रहे पनि फरक पर्दैन । तपाईंका रचना चाँडै यहाँ समावेश गर्न पाउने छौं भन्ने आशा छ ।

      आविष्कार
      साहित्य संग्रहालय

  4. हरि प्रसाद न्यौपाने says:

    हस हजूर
    हजूर हो हजूर
    हजूर हस

  5. हरि प्रसाद न्यौपाने says:

    त्यो बुढो रुख
    कतै निस्कन खोज्यो
    ठिंग उभिन्छ

  6. हरि प्रसाद न्यौपाने says:

    नयां बानेश्वरतिर

    माईक्रो बस
    ठेलमठेल यात्रु
    महंगो भाडा

  7. Ishwar Chandra Baniya says:

    आहा यो देश
    नेपाल हाम्रो देश
    क्या राम्रो देश

  8. Yogita Joshi says:

    शुन्यताबीच
    शयर गरिरहें
    कहिं पुगिँन

Leave a Reply

Your email address will not be published. Required fields are marked *