कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~

विकाश तिमी आऊ पानीको फोहरा बनेर
सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर
विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर
अनिकाल र अभावलाई थिच्ने पहरा बनेर

तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर
वीर नेपालीको आस्था, विश्वास अनि अभिलासा बनेर
भरियाको विश्राम, मुस्कान र विरताको गाथा बनेर
छुच्चा, छट्टु, छाले र छलाहाका लागि बलिष्ठ पासा बनेर

विकास तिमी आऊ नेपालीको विहानी बनेर
महान् स्वाभिमानी देशभक्तको सिरानी बनेर
चेतनाको रश्मी अनी विरताको निशानी बनेर
बाँझिएका खेतबारीमा उत्पादनशील पानी बनेर

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.