कविता : गुनासोरहित

~दिनेश अधिकारी~Dinesh Adhikari

धेरै पल्ट
बढो मुस्किलले समय निकालेर
तिमीलाई भेट्न भनेर आएको – म
हरेक पटक
तिम्रो ढोकासम्म पुगेर पनि
तिमीलाई नभेटिकनै फर्केको छु !
थाहा छ किन
म तिमीसँग केही माग्न चाहन्नथें
म तिमीसँग केही पाउन चाहन्नथें
र केवल हार्दिकताका साथ
कुनै छिमेकीलाई भेटेजस्तै
निरपेक्ष भेट्न चाहन्थें
र भेटेर
केवल भेट्नुको आनन्द आत्मसात् गर्न चाहन्थें
तर म बाहिरैबाट देख्थें
जहिले पनि तिमी
आफ्ना भक्तहरुबाट घेरिएका हुन्थ्यौ
र तिम्रा भक्तहरु
कोही धूप-दीपसहित
अबिर र फूल-मालाले तिमीलाई सिंगारिरहेका हुन्थें
कोही तिम्रो अगाडि हात जोडेर
तिम्रो नामको भजन गाइरहेका हुन्थे
र कोही कोही
तिम्रो पाउमा शिर ठोकेर
याचनाका हातहरु फैलाइरहेका देखिन्थे
चूपचाप तिमी हेरिरहेका हुन्थ्यौ
लाग्थ्यो तिमी प्रसन्न छौ
र भक्तहरु तँछाडमछाड गर्दै
तिम्रो नाममा
अनेकानेक भाकलहरु उठाइरहेका हुन्थे
त्यसपिछ
कसै गरे पिन
आफूले आफैंलाई रोक्न नसकेर
म मन्दिरको ढोकाबाटै
आङ्गनो आगमनको निरर्थकता स्वीकारेर फर्कने गर्थें
यद्यपि तिमीसँग मेरो कुनै गुनासो छैन
र पनि भन्न सक्तिन
तिमीसँग मेरो भेट
अब कहिल्यै हुन्छ पनि कि हुँदैन
तिमी के सोच्छौ-त्यो तिम्रो कुरा हो
म भनें-
कहिल्यै पनि तिमीलाई
आफूभन्दा फरक देख्न रुचाउन्न
ईश्वर हुनुको तिम्रो अस्तित्वलाई स्वीकार गर्दा
मेटिनु त परै जाओस्
अलिकति मात्रै पिन
कतै खुम्चिन्छ भने आफ्नो अस्तित्व
मलाई माफ गर मेरो भगवान् !
कि जात होला
त्यस स्थितिमा
म तिमीलाई सम्´न पनि चाहन्न
मैले तिम्रो सन्दर्भमा सोचेजस्तो
बिना कुनै स्वार्थ
कहिले कहीं नै सही
भगवान् !
मात्र आत्मीयताको कारण
के तिमीलाई पनि मान्छेसँग भेट्न मन लाग्दैन
लाग्छ भने-
कुनै पनि बेला आए हुन्छ
तिमी पनि मेरो घरतिर
तर हेक्का राख्नु
मेरो घरमा
तिम्रो लागि भनेर
छुट्टै र अग्लो स्थानमा
कुशआसन ओछ्याएको चाहिं हुँदैन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *