कविता : लोग्ने

~डा. राजुबाबु श्रेष्ठ~

जब तिमीले
मेरो जीवनको सेतो पन्नामा
मायाको गीत लेख्न छोडेर
पैसाको गीत लेख्यौं
त्यसै दिन उम्रियो
मेरो मनमा
घृणाको बिरुवा
कल्पनामा उभिएको
लोग्नेको सग्लो तस्बिर पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~

आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी जत्रो । कुनै सिमसिमे पानीमा मात्र काम लाग्ने।

चित्तबुझ्दो एउटा नदेखेपछि दिक्दार लागेर अरू नै कुनै दिन किन्ने बिचार गरी घर फर्कने ध्याउन्नमा थिएँ। यत्तिकैमा एउटा मान्छे आएर च्याप्प मेरो पाखुरा समात्यो र भन्यो- `जाउँ हजूर मेरोमा। तपार्इको रोजाइको छाता छ मसंग ।´ पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

समीक्षा : हरायो हाँसो

~हरिवंश अाचार्य~Haribansha acharya

हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन । बाटामा हिँडेको मान्छेको मुहारमा हास्य देखिन्छ कि भनेर हेर्‍यो सबैको मु पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

समीक्षा : कविताको प्रभाव

~हरिवंशराय बच्चन~
अनुवाद : किशोर पहाडी

त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्यो र मेरो कविताको विषयमा यस्तो एउटा प्रश्न उठायो जसको उत्तर सोच्दासोच्दै मैले जीवनलाई एउटा नयाँ मोड लिन विवश गर्ने निर्णय गरेँ ।

आफ्नै कविताको विषयमा कविको सम्मतिलाई ज्यादा महत्त्व दिनु हुँदैन । सायद यस्तो कुरा कसैले सोचेका थिएनन् । त्यसबेला मैले जे निर्णय लिएँ, त्यो गलत पनि हुनसक्थ्यो । जीवनको यही त सबैभन्दा ठूलो चमत्कार हो कि यसले गलत बाटोलाई पनि सही बाटोमा लिएर जानसक्छ । फेरि म त्यतिखेर शान्त, सामान्य मनस्थितिमा थिइनँ, जुन साहित्य या कविताको विषयमा सही निर्णय लिनका लागि आवश्यक छ । त्यसकारण त्यो प्रश्न अझ पनि मेरा भावप्रवण पाठकहरूको अगाडि तेस्र्याउन सक्छु । आफ्नो जुन किसिमको कविताको बारेमा मेरो मनमा प्रश्न उठेको थियो, त्यसबाट म आफू त धेरै टाढा गइ पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : अरबौं मान्छेहरूमा

~मदनकृष्ण श्रेष्ठ~

अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे देख्दा संसार नै भुल्ने मान्छे

तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु
सहानुभूतिको आशा गरेर रुँदै व्यर्थै वेदना पोखेको छु पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने यसले अनेक किसिमका उत्पात मच्चाउँदै आफ्नो करामत देखाउन थालेको छ । आफ्नो महत्ता बढाउन थालेको छ । लाग्छ,— ‘लाइन’ बिना केही पनि सम्भव छैन र ‘लाइन’ हुँदा असम्भव पनि केही छैन । त्यसैले त आजभोलि मानिसहरु ‘लाइन’ को महत्वलाई यसरी हेर्न थालेका छन् —

लाइनं सर्वकारे च लाइनं बन्धुबान्धवः
मतदानं च लाइनं सर्वतो पङ्क्तिलक्षणः । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : एउटा गीत

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

एउटा गीत
त्यस्तो होस्
जुन गीतले बिलाउँदै गएकाहरुको भाषा वुझोस्
उनीहरुको अक्षरको कुरा गरोस्
उनीहरुले वजाउने बाजाहरुको संगितलाई बुझोस्
उनीहरुको भेषभुषा पहिरिन सकोस्
उनीहरुको पिल्सिएको पिडाहरुलाई बुझोस्
उनीहरुको भावनाहरुलाई आत्मासाथ गर्न सकोस पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : घर फर्कियौं

~‎नवराज योञ्जन~

अथाहा चाहना सपनाहरुको भिडहरुमा
समालिदै र समाल्दै
तातो हावा खाँदै मरुभूमिको मुटुमा तड्पेर
गैति र बेल्चाहरुले अलकत्रा बिछ्याउदै
अभावै अभावमा फाटेको जिन्दगीका टालाहरु
कति दिन सिलाउने हो |
साईला…………… पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : दिदी, तिमी हाै अामाकाे दाेश्राे अवतार

~बिबेक दर्पण कँडेल~

दिदी,
शब्द छोटो छ प्रेम गहिरो,
मुटु भरी छ मायाको ओहिरो,

तिमी जन्मिँदा कोहि भएनन्,
तिम्रा कोहि साथी थिएनन्, पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : सकिन विर्सन

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

सकिन विर्सनलाई मैरौ मनको माया
कति बाँचु सधैँभरि हेरी तिम्रो छायाँ ।

बाध्यताले हो कि आफैँ टाढा भयौ –
सँगै मरौ,बाँचौ भन्यौ एक्लै छाडी गयौ पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हे ! गाउँघर

~छविलाल कोपिला~chhabilal-kopila

हे ! गाउँघर, आऊ तिमी
प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा
नव उत्साह, जोस र उमंग लिएर
त्यस्तै नव–सुवास र नव–रंग लिएर,
अनि, प्रत्येक मानिसहरुको हृदयमा
विकास र उन्नतिको कोसेली लिएर
र ज्ञानको दियालो बालेर आऊ । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~

पुरे बिउँझियो।

बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान ओठमा ल्याउँदै उसले सुन्तलीलाई टाउकोदेखि पैताला सम्म सम्झियो। रेशमी सल्सलाउँदो कपाल,सुलुक्क परेको जिऊ,रसिला गाला तथा ओठहरु…सोच्दा सोच्दै उसको शरीरमा रोमांच भरियो।

ऊ जुरुक्क उठ्यो र ट्वाईलेट गयो। ऐनामा आफ्नो अनुहार हेर्यो,एकपटक आफ्नो हातले आफ्नै निधार,नाक र गाला सुमसुम्यायो पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नेपाल

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है ! पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : अपहरण

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’।

भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा अझै पनि बल्झिन्छन्। भीरैभीर, काँडैकाँडा, जंगलैजंगल कुद्नुपरेका क्षणहरू सम्झनाको रिलमा बारम्बार घुमिरहन्छन् !

पार्टीको खुला मोर्चामा सरुवा भएपछि उसले अन्तरपार्ट सीम्बन्ध र व्यवस्थापनको जिम्मेवारी पायो। मन्त्री भएपछि उसको जीवनले उत्तरआधुनिक मोड लियो र स्वर्गीय ज्याक डेरिडालाई ब्यूँताएर विनिर्माणको अनन्त यात्रामा सामेल भयो। पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~bishnu-nagar
अनु : मनोज न्यौपाने

जहाँ हरियो हुन्छ
त्यहाँ पहेंलो पनि हुन्छ
गुलाबी पनि हुन्छ
त्यसमा गन्ध पनि हुन्छ पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : भ्रम

~राप्रउ पोखरेल~raprau-pokharel

ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन पुग्थ्यो।

बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस् जस्तो उसलाई भइरहेको थियो। तर, बस केही बेरमै जनकपुरको पिडारी चोकमा पुगेर अडिन्छ। ऊ झल्याँस्स हुन्छ। घाम अस्ताइसकेको थियो तर सुनेको जस्तो शीतलहरको चिसो रहेनछ। पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : काँहा जान हिडेको म

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

काहाँ जान हिडेको थें काहाँ पुगें आज
पुग्नु पर्ने टाढा थियो परि सक्यो साँझ

जुन छुने चाह बोकी,यात्रा थालें उकालीमा
झनै पर भाग्यो जुन,आईपुग्दा देउरालीमा
हिड्दा बाटो बिराएको,छैन जस्तो पनि लाग्छ पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~Dinesh Adhikari

रमाउनका लागि
खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो
वसन्त पर्खेर
कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन
पोहोर-परारजस्तो
यो बेला
चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि
सायद मलाई पछुतो हुने छैन पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~

“मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो ।

बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी सुरक्षा फौजको त्रास । गाउाका समाचार धेरै बिक्थे त्यसताका । गाउाको समाचार लेख्ो बापत कोहीकोही बेला शहरमा बस्ने हाकिमहरुलाई प्ा्रष्टिकरण समेत दिनु पर्दथ्यो । यो बीचको सन्तुलनमा कमरेड थपिंदा एकको पक्ष लिजस्तो हुन्थ्यो । फेरी अर्को पक्षले थाहा पाएमा पर्ने जोख्ािमको डर त छदैं थियो । त्यसैले मलाई कसैले कमरेड नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । एक उनी थिइन् पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : कमरेड

~स्वप्नील बादल~

शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ | र म एकोहोरो भय र आतांक पोतिएको मिर्ग रुपी सिंहको आहारझैँ शिथिल भएर तिम्रो आड लिरहेको थिए | कमरेड तिमीमा एउटा  सिंगो युगपुरुषको गुण थियो | नत्र कसरी कुनै बेलाको परेवाझैँ शान्त,शुशिल मानिस त्येसबेला तेसरी बाघझैँ  गर्जिन सक्थ्यो | कसरी सामान्य मानिस एती धेरै रक्तिम हुन् सक्थ्यो | तिमी नभएको हुदो हो त हामी एक पल पनि त्यो लडाईमा टिक्न सक्थेनौ होला | पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : ढुङ्गोको भर माटो

~नवराज पोखरेल ‘पाखेली’~

माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो
कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो

फुल छरे बाटो भरि बिछ्याएर चोखो माया
सजाएर तिमीलाई नै दिलको दाया बाया पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~

धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र अनुरोध गरेँ । ‘घरमा कोही हुनुहुन्न, मैले दिन हुँदैन, ऊ त्यहाँ करुवा छ, आँफै पानी सारेर खानुहोस् अति शिष्ट र मधुर स्वरमा २५–२८ वर्षे महिलाले उत्तर दिइन् । किन दिन हुँदैन ? मैले सोधेँ । केही नबोली पूर्ववत आँगनमा सुकाएको सिमी कुट्न थालिन् उनी । सोचेँ, यहाँ धेरै उभिनु अशोभनीय हुन्छ । पानी खाउँ, नखाउँ दोधारमा परेँ । हैन, खानै पर्छ, निर्णय गरेँ । करुवा लिएर मझेरीमा पुगेँ । सरसर्ती हेर्दा काँस, चरेस र तामाका मस्काइएका सफा भाडा थिए चौकामा । पानीसहित बाहिर निस्कें । चिसो पानी पिएँ । आधा पेटसम्म पानी गएको स्पष्टै थाह हुन्थ्यो । निकै भोकाएको थिएँ । पहिला कै ठाउँमा करुवा राखेर मुख पुछ्दै बाटो लाग्नैलाग्दा उही मधुर युवती स्वर मेरा कानमा ठोकिए । मस्तिसकमा झन्किए । टक्क अढिएँ ।

‘पानी बाँकी छ ?’ सिमी कुट्दै गर्दा निउरिएको शीर उठाउदै उनले सोधिन् । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~Krishna Wasti_1

छन्द : स्वागता

अङ्ग-भङ्ग हुन गो गरिखाने
छैन चाहत उसै मरिजाने ।
भन्दथे जिजु सधैँ तर साने !
सत्यमेव जयते परिणामे ।।

मारकाट बल-बन्दुक छाने
क्रान्तिका गफ दिए जजमाने ।
खोसिए अब सबै नख-प्वाँख
सत्यमेव जयते परिणामे ।। पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~

बस्तीमा गोधुली भित्रिइसक्दा पनि
आमा बाबु घर नर्फकँदा
वनतिर जाने बाटो पछ्याउँदै
डराईडराई थुम्कातिर दौडँदा
पर क्षितिजका डाँडाकाँडाहरू पनि
मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो
मैले बोलाउँदा पुगेर थुम्कामा
कहाली लाग्ने ठूलो भीरको
पहराले पनि बोलाउँथ्यो –
“आमा….आमा….आमा…. पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~devendra-basyal

तिमि सुतेकै थियौ छोरी
म झिसमिसेमै हिडिहालें
तिम्रो कलिलो अनुहार
मलाई हेरिरहेको थियो छोरी

तर तिमि निदाईरहेकी थियौ
मैले तिम्रा दुबै गाला
सुमसुमाए र म्वाई खाएँ
तिम्रो मायालाई मुटुभरी बोकेर पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : जिवन कस्तो बनाईस्

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हे आमा देऊ आशीष नजाऊ विदेश भनी ।
दिन दिनै लाशको ताँती बाकसमा बसी ।
कस्तोे देश हो हाम्रो ,छैन रखवार जनताको ।
कहिले आऊला ,खुसि नेपालीका मुहारमा ।

लड्दैभीड्दै ल्यायको लोकतन्त्र नेपालमा ।
प्राप्त उपलब्धिलाई गर्न नसक्ने ब्यवस्थित ।
लोकतन्त्रको उपलब्धि भ्रष्टाचार चरममा ।
निस्तेज राज्यका अवयव,कसलाई के भनौं । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

लघुकथा : मौन विरोध

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू देखेर आनन्दविभोर हुन्थे । अनि माछाहरूलाई चारो किनीकिनी खुवाउँदथे ।
यसरी मानिसहरूले आफूहरूलाई मात्र माया गरेको देखेर माछाका परिवारमा घमण्ड बढ्दै गयो । त्यही पोखरीमा रहेको भ्यागुताका परिवारलाई कसैले वास्ता गर्दैनथे । माछाहरू भ्यागुताहरूलाई हप्कीदप्की गरेर सानसँग बस्न थाले । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~

सुक्न थाले हिउँ पनि हिमालयको शीरको ।
लुक्न थाले बनचरी कठै पहाडको भीरको ।
झुक्न थाले गौरवहरु गोर्खाली वीरको ।
चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको ।

बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : मेरो शहर

~रवि प्राञ्जल~Ravi Pranjal

निसासेर भित्र भित्रै बन्द मेरो शहर ।
एकलास सन्नाटामा मन्द मेरो शहर ।

भेटिँदैन मन्दिरमा धूपको सुगन्ध,
बनेको छ बारुदको गन्द मेरो शहर । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

लघुकथा : सहयोगको बिजोग

~अरुणबहादुर खत्री ‘नदी’~Arun Bahadur Khatri 'Nadi'

कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो ।

“ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको छु, तपाई मसँगै हिँड्नुस् लैनचौर पुगिन्छ,” रमेशले भने ।

“दाइ, तपाई कहाँ काम गर्नुहुन्छ नि ?” अपरिचित व्यक्तिले रमेशलाई सोध्यो । पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : समय

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

उनको सर्वोच्चता
नलेखोस् कसैले,
बचपन देखि
चाउरिएको गाला बीच
लुकेका व्यथाहरु
नकोट्याओस् कसैले,
पिठ्युँभरी नून बोक्दाका
भैंसे र ठोरीका कथाहरु
नसुनुन् कसैले,
ढुङ्ग्री, माड्बरी र बुलाँकीका
विशुध्द मौलिकताहरु पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : चराहरुको रुख

~रुमानी राई~rumani-rai

मलाई असाध्यै मन पर्छन् चराहरु
र,मन पर्छन् चराका आवाजहरु
चराहरु,
जो मान्छे जस्तो रुखो हुँदैनन्
चराका आवाजहरु,
जो मान्छेको जस्तो कर्कश हुँदैनन् !

मलाई लोभ लाग्छ, पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्